कैलाली। सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ। आजको बैठकमा उपसभामुखको निर्वाचन सुरु भएको छ। उपसभामुखमा एमालेकी कोइली देवी चौधरी र नेकपा एकीकृत समाजवादी माया पन्त निर्वाचनमा होमिँदै छिन्। चौधरीलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको साथ छ भने पन्तलाई कांग्रेस नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक सांसदको साथ छ।
५३ जना प्रदेश सभा सदस्य रहको सुदूरपश्चिम प्रदेशमा उपसभामुख चयन हुन २७ मत आवश्यक पर्छ। यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन् । यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद छन् ।आजै बिहान माओवादीका भीम भण्डारी सभामुखमा चयन भएका थिए ।

