काठमाडौँ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ। अहिले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै विश्वासको मत मागिरहेका छन्।आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन्।यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् ।
संसदमा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने, नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम मेरो नेतृत्वमा विविभन्न राजनीतिक दलको सहभागितामा सरकार गठन भएको हो । यो विश्वासका लागि दलहरुलाई धन्यवाद दिँदै म आज यो सार्वभौम संसदमा सामाजिक न्याय, शासासन र समृद्धीको संकल्पसहित प्रधानमन्त्रीमा विश्वासको मत माग्नका लागि उपस्थित भएको छु।
यस्तै प्रधानमन्त्री प्रचण्डले यसपटक ठूलो आत्मस्वीकारोक्ती र आत्मसमिक्षासहित यो रोस्टममा उपस्थित भएको बताएका छन्। उनले यसअघि दुई पटक नौं नौं महिना प्रधानमन्त्री भएको स्मरण गराउँदै पहिलो पटक प्रधानमन्त्री हुँदा खासै अनुभव नभएको बताए। तथापि, उनले पहिलो पटक प्रधानन्त्री हुँदा गरेका मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, गरिब किसानको ऋण मिन्हा र विद्युती करणमा तिव्रता दिने प्रयासले आज पनि मानिसहरुको जिवनमा प्रभाव पारेकोमा खुसी रहेको समेत बताए।
दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव भएको बेला भएको बताएका छन् । उनले संविधानको सफल कार्यान्वयनमा धेरै विश्वास नजागिसकेको बताए । संविधान संशोधनको प्रयासपछि उनले मधेसलाई सहमतिमा ल्याउँदै संविधानको विश्वासपूर्ण कार्यान्वयनको प्रयास गरेको उनले बताएका छन् ।
स्थानीय निकायको निर्वाचन गरेर संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात, मूल्यवृद्धि नियन्त्रणमा राखेर आर्थिक वृद्धिदर ४ प्रतिशत कट्यो, त्यसअघि कहिल्यै पालना नहुने राजनीतिक सहमतिको पालना गरेर अत्यन्त इमानदारीका साथ सत्ता हस्तान्तरण गरेको उनले बताए । आज तेस्रो पटक प्रधानमन्त्रीका रूपमा विश्वासको मत माग्न रोस्टममा उभिएको उनले बताए । उनले यस पटक फरक सङ्कल्पका साथ संसद्मा सामु उभिएको बताउँदै उनले विश्वासको मत पाएमा हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेको इमानदार स्वीकारोक्तिसहित अघि बढ्ने उनले बताएका छन् । (लाईभ हेर्नुहोस् तल)


