दार्चुला। दार्चुलाको गोकुलेश्वर माध्यमिक बिद्यालयमै शिक्षकहरु मदिरासहितको पार्टिमा मस्त भेटिएको पाइएको छ। दार्चुलाको शैल्यशिखर नगपालीका ९ स्थित सो बिद्यलयाका शिक्षकहरु बिद्यालय परिसरमै रक्सी तथा मदिरा पार्टिमा मस्त भेटिएको पाइएको हो। बिहीबार बिद्यालय समयमै उनीहरु खसी काटेर मदिराको तालमा पार्टीमा रहेका थिए।
उनीहरु नयाँ शिक्षकको स्वागतमा त्यसरी पार्टि दिइएको प्रत्यक्षदर्शी तथा त्यस बिद्यालयमा अध्ययनरत एक बिद्यार्थीले बताएका छन्। उक्त बिद्यालयमा नयाँ शिक्षकका रुपमा तिर्थराज पन्त आएपछि खुसीयालीमा खसी काटेर मदिरा पार्टि तथा भोजभतेर गरिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। उनीहरुले खसी काटेर आगोमा पोलिरहेको तस्बीरहरु पनी सार्वजनिक भएका छन्। नाम उल्लेख नगर्ने सर्तमा कक्षा ११ मा अध्ययनरत एक बिद्यार्थीले भने, उहाँहरुले एउटा पिरियड मात्र पढाउनुभयो, त्यसपछिका पिरियड पढाउन कोही पनी शिक्षक आउनुभएन्।
सबैजना खसी पोल्न र रमाईलोमा व्यस्त हुनुहुन्थ्यो। बजारबाट मोटरसाईकलमा बियरका पेटीकापेटी पनी बिद्यालय बाहीर ओसारिएका थिए । बिद्यार्थीहरुले भने, बिद्यालय परिसरको त कुरै छाडौँ, त्यस आसपासको निश्चित क्षेत्रमा पनी मदिरा बिक्रीबितरण, सेवन र भोजभतेर गर्न नपाउने शिक्षा ऐनमा उल्लेख गरिएको छ । तर बिद्यालय परिसरमै खसी काटेर पार्टि चलेको चर्चाले बजार तातेको छ । बिदा भएपछि खसी काटेर रमाईलो गरेपनी परिसरभित्र त्यसो नगरिएको विद्यालय प्रशासनले दावी गरेको छ। उनले विद्यालय समय सकिएपछि परिसर बाहिर खसी काटेको प्राधानाध्यापक धनञ्जय जोशीले बताए। ४ बजेपछि अरु शिक्षकहरुले खसी काटेपनी विद्यालय समय भित्र त्यसो नगरिएको बताए । उनले सबै पिरियड पढाइ पनी भएको उनले भने ।