धनगढी। सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथग्रहण गरेका छन्। रावलले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा रावलले शपथ ग्रहण गरेका हुन्।त्यसपछि प्रदेश सभाका ज्येष्ठ सदस्य रावलले प्रदेश सभामा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाएका छन्।
कुल ५३ सदस्यीय प्रदेशसभामा ६ जनाले थारु भाषामा सपथ लिएका छन्, भने अन्यले नेपाली भाषामा सपथ लिएका हुन्। सपथ ग्रहण पश्चात प्रदेशसभा सदस्यहरुले ५ बर्षमा जनताले अनुभुती गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको थियो।

