धनगढी। केन्द्रमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि प्रदेशमा त्यसको असर परेको छ। केन्द्रमा एमालेको सहयोगमा माओवादी नेतृत्वको सरकार बनेपछि सुदुरपश्चिम सभामा निर्वाचित सदस्यहरु
आफ्नो पार्टिको नेतृत्वमा सरकार बनाउन केन्द्रका नेताहरुसँग हारगुहार गरिरहका छन्। सुदुरपश्चिम प्रदेश सभामा एमाले, माओवादी र नागरिक उन्मुक्तीपाटीमध्ये एक पार्टिले प्रदेश सरकारको नेतृत्व गर्नेछ। भने नेपाली काँग्रेस र एकिकृत समाजबादी प्रतिपक्षमा बस्नेछ। प्रदेशसभामा निर्वाचित सदस्यहरूले मुख्यमन्त्रीमा आ–आफ्नै दाबी गरिरहँदा कतीपय सदस्यहरु अहिले काठमाण्डौँ केन्द्रीत बनेका छन् । उनीहरु केन्द्रीय स्तरका नेतासँग छलफल तथा भेटघाट तिब्र बनाइरहेका छन् ।
उनीहरुमध्ये नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट काठमाण्डौँमा छन् । माओवादी केन्द्रबाट सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दुई जना आकांक्षी देखिएका छन्। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट र कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाट (सरल)ले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन्। खगराज भट्टले आज मात्रै नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग प्रदेश सरकारको नेतृत्वबारे भेटघाट तथा छलफल गरेका छन् । बुधबार बिहान काठमाडौंस्थित लेखराज भट्टको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो।
स्रोतका अनुसार उनीहरुबीच पछिल्लो परिवर्तित राजनैतिक अवस्था र सुदूरपश्चिम प्रदेश सरकार निर्माणको विषयमा छ्लफल भएको भएको हो। सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व लिने कसरतमा रहेको छ। काङ्ग्रेस संगको गठबन्धन फुटेर नयाँ समीकरण बनेपछि सुदुर पश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराजले बलियो दाबी प्रस्तुत गरेका छन्। उनले लेखराजलाई भेटेर नै आफूलाई मुख्यमन्त्रीमा सहयोग गर्न आग्रह गरेको बताइएको छ । यस्तै नेकपा एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यहरु मुख्यमन्त्री र नेतृत्वका लागी केन्द्मा धाउने तथा टेलीफोन सँवादबाट पनी लबिङ गरिरहेका छन्। यस्तै नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि तिन जना आकांक्षी देखिएका छन्। १० सांसदसहित नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभामा तेस्रो ठूलो दल छ।
सुदूरपश्चिमको नेतृत्व एमालेको भागमा परेमा राजेन्द्रसिंह रावल, सन्तोष शर्मा थापा र धर्मराज पाठकलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ। उनीहरुले मुख्यमन्त्रीको दावी गरिरहेको बुझीएको छ। मुख्यमन्त्री बनाउने निर्णय केन्द्र सरकारको हातमा हुनेछ । केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण भएपछि प्रदेशको राजनीति पनि परिवर्तन भएको छ। नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा सामेल भएपनि सरकारमा जाने वा नजाने विषयमा अन्यौलमा रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपनी सरकारमा जाने वा नजाने भनेर कुनै निर्णय नभएको बताए। उनले पार्टीले निर्णय अनुसार आफुहरु त्यसै अनुसार गर्ने जानकारी दिए ।त्यसो हुँदा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपाले सरकार बनाउने निश्चित बनेको छ। सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्छ। अहिले यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद छन्। यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र सांसद छन्। सुदुरपश्चिम प्रदेश सभा सदस्यमा नवनिर्वाचित सांसदको सपथ पौष १५ गते शपथग्रहण कार्यक्रम तय गरिएको छ।

