धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीमा नयाँ प्रहरी प्रमुखको जिम्मेवारी समाल्न आएका देवेन्द्रबहादुर पाललाई स्वागत गरिएको छ। सोमबार जिल्लामा कैलालीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेदप्रकाश जोशी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिँहलगायतका प्रहरी अधिकारीहरुले नयाँ प्रहरी प्रमुख पाललाई स्वागत गरेका हुन्।
सोमबार नै कार्यालयमा हाजिर भएका छन्। गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मावन श्रोत एमः प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काज सरुवा भएको थियो। कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा उनको काज सरुवा गरिएको हो।



