दिल्ली। नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पुर्ब मन्त्रीएकनाथ ढकाललाइ भारतको राजधानीमा दिल्लीमा स्वागत तथा बधाई ज्ञापन गरिएको छ। नेपाली प्रवासी परिवार दिल्ली राज्य समितिकि अध्यक्ष मन्जु सेवाले हालै प्रतिनिधी सभा सदस्यमा निर्वाचित समेत भएका ढकाललाइ भारतको राजधानीमा दिल्लीमा स्वागत गर्दै तथा बधाई दिएकी हुन्।
प्रतिनिधी सभा सदस्यमा निर्वाचित ढकाल ३ दिने दिल्ली भ्रमणका लागी त्यहाँ गएका हुन्। उनले दिल्ली भ्रमणमा प्रवासका नेताहरुसँग भेटघाट तथा नेपालको राजनीतिक विषय सम्बन्धि छलफल गरेका छन्। प्रवासका नेताहरुसँग आधा घण्टा भेटघाट तथा नेपालको राजनीतिक विषय सम्बन्धि छलफल भएको नेपाल परिवार दलका सुदुरपश्चिम संयोजक खडक नागरिले जानकारी दिए। भेटघाट तथा छलफल कार्यक्रममा नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेल, दिल्ली भारतका समाजसेवी विश्वशान्ति महासंघ भारतका अध्यक्ष कृष्ण अधिकारी, दिल्ली राज्य प्रवासीका सदस्य आशिष तथा हिमान्सु जयप्रकाशको पनि सहभागीता रहेको थियो।



