धनगढी : धनगढीको हसनपुरमा युवा ब्यवसायी योगेश जोशीले गणेस मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स सञ्चालनमा ल्याएका छन् । जोशीले ५० लाखको लगानीमा गणेस मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्स सञ्चालनमा ल्याएका हुन् । लामो समय बिद्यार्थी राजनितिमा सक्रिय जोशीले ब्यवसाय क्षेत्रको शुरुवात गरेका हुन् ।
आज एक कार्यक्रमका बिच पुजा पाठ सहित आफ्नै वुवा टेकराज जोशी तथा पुजारीको हातमाट रिवन कटाएर जोशीले सप्लायर्सको उद्घाटन गरेका हुन् ।
धनगढी ५ हसनपुर रास्ट्र बैंक पछाडी रहेको गणेस मेडिकल इक्विपमेन्ट एण्ड केमिकल सप्लायर्सले सर्जिकल का सम्पुर्ण समान थोकमा बिक्रि गर्ने सप्लायर्सका सञ्चालक योगेश जोशीले बताए । केही आफ्नै लगानीमा ब्यवसाय शुरु गरेको बताउँदै जोशीले सबैको साथ पाए पक्कै सफलता मिल्ने बताएका छन् । अन्य भन्दा केही फरक किसिमको स्किम सहित समान उपलब्ध हुने जोशीको भनाई छ ।


