कञ्चनपुर। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक दोब्बर मतले अगाडि छन्। नेकपा एमालेका उम्मेदवार निरुदेवी पाल भन्दा कांग्रेसका उम्मेदवार लेखक दोब्बरले अगाडि छन्। नेता लेखकले मतान्तर बढाएका छन्। प्रतिनिधि सभा सदस्यको ५०७४४ मत गणना गर्दा लेखकले २६३८६ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार पालको १३०५५ मत छ। उनीहरु बिचमा १३३३१ मतको अन्तर पुगेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले १९९० मत पाएका छन्। प्रतिनिधि सभाको ३४३४ मत बदर भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा १ को ९०८० मत गणना गरिएको छ। उक्त क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावल अगाडि छन्।
उनको ३००२ मत छ। माओवादी केन्द्रका उम्मेदवारको टेकेन्द्र प्रसाद भट्टको २२१६ तथा राप्रपाका उम्मेदवार धर्मराज जोशीको २०८८ मत छ। यो क्षेत्रमा ४२२ मत बदर भएको छ। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा १४८८२ मत गणना सकिएको छ। यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार बेलबहादुर रानामगरको ९१९४ मत छ। एमालेका उम्मेदवार सुरेन्द्रबहादुर विष्टको ४७३७ मत मात्र छ। उक्त क्षेत्रमा पाँच जना चुनावी मैदानमा छन्।


