कैलाली। कैलाली ४ को मतगणना स्थगित भएको छ । गेटा मेडिकलमा जारी मतगणना स्थगित भएको हो । प्रतिनिधि सभाको मत गणनाका क्रममा अर्धकट्टी सहितको मत बाकसमा भेटिएपछि नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका हुन।
मतगणनाका क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले बताए। मतगणनामा सहभागी नहुने एमालेले जनाएको हो । अहिले उनिहरुका प्रतिनिधी मतगणना स्थलबाट बाहिरिएका छन। उनले उम्मेदवारहरुसहित पार्टीका प्रतिनिधिहरुले आपसलमा छलफल गरेर मात्रै गणना सुुरु गर्नुपर्ने भनेपछि तत्कालका लागी मतगणना रोकेको बताए । उनले छलफल पश्चात पुनः मतगणना सुरु गरिने बताए ।


