कञ्चनपुुर। कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा मत गणना जारी रहेको छ। पछिल्लो मत गणना हुँदा कञ्चनपुर क्षेत्र नं. २ प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाटले अग्रता लिएका छन्।
भाटले ८ हजार ६ सय १८ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका बचनबहादुर सिंहले ९ हजार ५ सय ४० मत पाएका छन्। कृष्णपुर नगरपालिकाका सबै वडा र शुक्लाफाँटा–७ र ८ को मतगणना भैरहेको छ । उनीहरुबीच ७८ को मतान्तर छ। अब शुक्लाफाँटा नगरपालिका वडा नं। ९ र ११ को मतगणना गर्न बाँकी छ।

