कैलाली। कैलालीमा एक किशोरीको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ की १७ वर्षीया भागरथी ढुंगालको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका अनुसार सोमबार घोडाघोडी वडा नम्बर ५ की १७ वर्षीया ढुंगालको उपचारका क्रममा मृत्यु भएको हो।
आइतबार साँझ साथीलाई भेट्न भनेर गएकी ढुंगाल सोमबार बिहान आफन्तले बेहोस अवस्थामा फेला परेको उनका आफन्तले जानकारी दिए । घर नआएपछि घरपरिवारले भागरिथी ढुंगालको खोजी गरेका थिए । सोमबार बिहान ६ बजे घर नजिकैको खोलामा उचेत अवस्थामा भेटिएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। बलात्कार पछि हत्या भएको पिडीतका आफन्तले बताएका छन् । यस्तै अहिले उक्त घटनामा छानविनका लागि ती किशोरीका केटा साथी (प्रेमी) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन्। प्रहरी नियन्त्रणमा रहेका किशोरले आफुहरुबीच प्रेम सम्बन्ध रहेको प्रहरीलाई बताएका छन्।


