धनगढी। नेकपा एमालेका केन्द्रीय सचिव, सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेदवार लेखराज भट्टले प्रदेश राजधानी र फास्टट्राकको बारेमा बिर बहादुर बलयारले जनतामा भ्रम छर्ने र झुट बोल्ने काम गरिरहेको बताएका छन् ।बुधबार बिहान संचारकर्मीसँग कुरा गर्दै एमाले सुदूरपश्चिम इन्चार्ज तथा कैलाली ४ का उम्मेदवार भट्टले सो कुरा बताएका हुन्।
बलायरले इमानदारीपुर्वक जनता माझ कुरा नराखेको उनले बताए । उनले भने, जनतामा झुट र भ्रम फैलाउने काम गरेपनी जनता त्यो भम्रमा नपरेको उनको भनाई छ। हिजोको दिनमा प्रदेशसभाबाट दुई तिहाइले पारित भएको प्रदेश राजधानी निर्णय भएको उनले बताए । जव प्रदेश सरकारले निर्णय गरेको छ, पारित भएको, तलबाटै प्रक्रिया अनुसार अघि बढेको कुरालाई आफ्नै पहलमा भएको भनेर कसरी भन्नु भो बलायरले उनले भने। साँच्चिकै राजधानी निर्माण बलायरकै पहलमा हुन्थ्यो भने गठबन्धन सरकार भएको डेढ बर्ष भयो उनले भने।
डेढ बर्षको अवधी उहाँले के गर्नुभयो त तारबारै हाल्दीनुपथ्र्यो त पछिल्लो चरणमा त्यो त गर्नु भएन । उनले भने, उहाँले गरेको कुरा केहो त भन्दा, दिपायलमा राजधानीका बिरुद्ध यहाँ हुनुहुन्न भन्ने थियो । जुन उनले सडक अबरुद्ध गर्ने, टायर बाल्ने, पुत्ला जलाउने काम गर्नु भाथ्यो। र उहाँले के भन्नुभाथ्यो भन्दाखेरी उहाँको आवाज रेर्कडेट छ, त्यस्मा त कुनै झुट बोल्नुपर्ने त केही छैन्। उहाँले राजधानी अहिले भाडामा छ धनगढी, गोदावरीमा हावामा छ भन्ने मान्छेले छ महिनामा कसरी बनाउन सक्नुहुन्छ ? उहाँले भट्टले प्रश्न गरे । एमाले सुदूरपश्चिम इन्चार्ज भट्टले भने ६ महिनामा बन्ने कुरा होर त्यो कम्तीमा ५ बर्षमा बन्छ भने। राजधानीलाई पुर्णता दिन ५ देखी ७ बर्ष लाग्ने उनले बताए । त्यो उहाँले ६ महिनामा बन्नु त्यो झुट दिनु र भ्रम छर्नु बाहेक उरु केही होइन्, उनले भने ।
यस्तै सुदूरपश्चिम इन्चार्ज भट्टले खुटिया दिपायल फास्टट्याकको बारेमा बलायरलाई थाहा नभएको बताए । उनले भने, खुटिया दिपायल फास्टट्याक त्यो उहाँको दिमागमा थिएन्, अहिले पनी छैन् उहाँको दिमागमा। उहाँले जे भन्दै हुनुहुन्छ, त्यो गलत भन्दै हुनुहुन्छ । पहिलो कुरो त निरौली गडसेराका मान्छे तथा अगुवाहरुले बिपीनगर देखी गडसेरासम्म बाटो लैजान सुझाब दिएपछि आफुले नै जनआन्दोलनको समयमा त्यो बाटो हिडेको र केटाकेटी हुँदाको समयमा त्यो बाटो हिँडेको हुनाले आफु त्यस्को पहल गरेको बताए ।जब बिर बिहादुरले हिड्न समेत नभई देखेको पनी थिएनन् उनले भने । गडसेरा, निरौली कालाखोलाकोबाटो समेत नदेखेको उनले बताए । भट्टले भने हामी एक हप्ता हिडेर तराई सम्म त्यही छोटो बाटो भएर आउने गरेको बताए ।
हामीहरुले ब्यक्तीगत रुपमा चन्दा सँकलन गरेर बनाउनुपर्छ भनेर त्यतिखेर दिनेश भण्डारीले नेतृत्व गरेको बताए । जिल्ला बिकास समिती अछाम, डोटी बझाङ, कैलालीसँग र सरकारको समन्वय गरेको बताए र उनले अहिले जस्ले भिजन ल्यायो, जस्को सपनाहो त्यो कुरा उहाँले झुट बोलेको बताए । राजनितीमा स्पष्ट हुनुपर्छ,त्यो कुरा उहाँले भ्रम छर्ने काम गर्दै हुनुहुन्छ त्यो झुट बोल्दैहुनुहुन्छ, त्यो बेइमानी गर्दैहुन्छ उनले भने । जनताका बिचमा स्पष्ट बोल्नुपर्छ । प्रदेशराजधानी र फास्टट्राकको बारेमा उनले म प्रति नभएर जनताप्रति बेइमानी गरेको उनले बताए । हाम्रो पार्टिको केपी ओलीको सरकार हुँदा भएको कुरा रातो कितावमा स्पष्ट लेखीएको उनले दावी गरे । अहिले निर्वाचनको मुखमा आएर यस्ता कुरा नियत ठिक छैन भन्ने हो गठबन्धनको र त्यो उम्मेदवारको। उहाँहरुले फास्टट्राकको कालोपत्रेको त्यो बजेट काटेको भनेर मलाई दोष दिन थालेको उनले भने । म त अहिले सरकारमा त छैन । त्यसैले गठबन्धन सरकारको नियत बारेमा जनताले राम्रोसँग बुझेको उनले बताए ।

