धनगढी। यातायात व्यवस्था कार्यालय धनगढी कैलालीले सम्पूर्ण सेवा बन्द बन्द गर्ने भएको छ। कार्यालयले एक सुचना जारी गर्दै मंसिर १ गतेदेखि ५ गतेसम्म आफ्ना सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।
कार्यालयले सुचना जारी गर्दै मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्यालयमा कार्यरत कर्मचारीहरु खटिने भएको हुँदा उक्त अवधिमा सम्पूर्ण सेवा बन्द रहने जनाएको छ। सम्बन्धित सबैको जानकारी लागी सुचना प्रकाशित गरिएको र सोबाट सेवाग्राहीमा पर्ने असहजताको लागी कार्यालय क्षमाप्रार्थी रहेको सूचनामा उल्लेख गरिएको छ।

