नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा पुर्व मन्त्री नारदमुनी रानाले आफुलाई बिकासै गरेन भन्नेहरु ५ बर्षपछि धनगढीमा भएका बिकासहरुलाई राम्रो सित हेर्न आग्रह गरेका छन् । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभाका उमेदवार रानाले ५ बर्षअघी धनगढीमा के अवस्था थियो र अहिले कति परिवर्तन भएको छ त्यो हेर्न आग्रह गरेका हुन् ।
नेकपा एमालेको सरकारका बेला धनगढी अत्तरिया ६ लेन सडकका लागी बजेट छुट्याउन हामी सफल भएका थियौँ रानाले भने “त्यस संगै सिटिहल, आफु निर्वाचित भएपछि अबौँ बजेट भएको हुँलाकी सडक, सहिदगेट क्याम्पसरोड सडक, रिङरोड, सघन सहरीका बिभिन्न सडक निर्माणका काम केही सम्पन्न भएका छन् केही निर्माणको चरणमा छन् ।” देखिने गरी यि सडकका काम मैले मेरो कार्यकाल र त्यस अघी एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री हुँदा बजेट बिनियोजन गर्न लगाएको थिए रानाले भने “सडक मात्रै होइन धनगढीका पर्यटकिय स्थलको प्रबद्र्धनका लागी ५ करोड बजेटमा धनगढीको जाखौर ताल संरक्षण भइरहेको छ, अहिले त्यहाँ जाँदा पुरै झिलिमिलि देखिन्छ अँझै काम भइरहेको छ, अनी बेहडाँबाबामा ५ बर्षअघी के अवस्था थियो अहिले हेर्नुस साढे ५ करोड बजेटमा बेहडाबाबाको मुहार फेरिएको छ ।”
यि ठुला पर्यटकिय स्थल हुन् अरु मन्दिरहरु त कयौँ बनेका छन् उनले भने “कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडामा बिकास भन्ने के हो थाहा थिएन, त्यहाँ प्रस्तुती गृह, सामुदायिक भवन, पुल, तटबन्धन लगायतका थुप्रो योजना मेरै कार्यकालमा परे, यति मात्रै होइन कैलाली ५ का ४६ वटा बिद्यालयमा बजेट हालेर भवन, कम्प्युटर ल्याव, आइटि ल्याव निर्माण ग¥यौँ र अन्य बिभिन्न सामुदायिक भवनपनि मेरै कार्यकालमा बनेका छन् ।”
मेरो कार्यकालमा १ सय ७१ योजना हालेको छु उनले भने “ति केही पुरा भएका छन् केही बाँकी छन्, त्यस कारण कसैले भनेकै भरमा नपर्न आग्रह गर्दछु, मेरो कार्यकालमा ३ बर्ष काम गर्न पाएका हौँ मैले सक्दो योजना हालेको थिए र काम भइरहेका छन्, ३ बर्षपछि कोभिडका कारण काम हुन पाएन र हाम्रो सरकारनै गिराइयो ।” भएका काम हेरिदिनुहोस र मेरो मुल्याकंन गर्नुहोस उनले भने “मेरो कार्यकालमा थुप्रो धनगढी चिनाउने योजना लागु भएका छन्, केही योजनाको बजेट यो गठबन्धन सरकारले काटेका कारण रोकिएका छन्, ति काम पुरा गर्न फेरी म मैदानमा छु, बिजयी गराउनुहुन्छ भन्नेमा पुर्ण बिश्वस्त छु ।”

