धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल समाप्त हुने बताएका छन् । कैलालीको अत्तरियामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले सिद्याउँछु भन्नेहरु आफै सिद्धिँदै गएको बताए । ओलीले एमालेसंगको गठबन्धनमा तेश्रो दल बनेको माओवादी अब पाएको आधा सिटपनि नजित्ने दावी गरेका छन् ।
एमाले अध्यक्ष केपी सर्मा ओलीले एक साताअघी सुदूरपश्चिमको दार्चुलाबाट चुनावीसभा शुरु गरेका थिए । एकै दिन दार्चुला, बैतडी र कञ्चनपुरको सभालाई सम्बोधन गरेर फर्केका ओली फेरी आज सुदूरपश्चिमका ३ सभालाई सम्बोधन गरेका छन् । डोटी, कैलालीको अत्तरिया र लम्कीमा ओलीले चुनावीसभालाई सम्बोधन गरेका हुन् । अत्तरियाको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले एमाले सिद्याउँछु भनेर लागेका माधव नेपालको पार्टी आगामी निर्वाचनमा सिद्धिने बताएका हुन् । माधव नेपाल संगै प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै जाने ओलीले बताए । अध्यक्ष ओलीले नेपालको पार्टी खरानीको डल्लो भएको र त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन् ।
माधव नेपाल र प्रचण्डको खरो आलोचना गरेका ओलीले यि दुइटै पार्टी चुनावपछि सक्किने दावी गरे । काग्रेंस एमालेसंग डराएर प्रचण्ड, माधव सहितको गठबन्धन गरेर एमालेसंग जुध्न आएको उनले बताए । एमाले नेतृत्वका बेला देशमा थुप्रै बिकास भएर जनताका मन मनमा एमाले बस्न सफल भएकै कारण काम नगर्ने दलहरु चुनावबाट डराएको ओलीले बताए । एमालेकै नेतृत्वमा गेटा मेडिकल कलेज निर्माण शुरु, हुलाकी सडक, सघन सहरी सडक, बाटोघाटो, पुल लगायतका बिकासका काम शुरु भएको उनको दावी छ । यसपछि एमालेकै सरकार बन्ने र यहाँका सबै सपना साकार गर्ने उनले बताए । मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने ओलीले दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका सचिव तथा सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्टले आफु सरकारमा भएकै बेला सुदूरपश्चिमका सम्भावना भएका क्षेत्रको पहिचान गरी काम अगाडी बढेको बताए । औधोगिक क्षेत्रको स्थापना गरी रोजगारी श्रृजन ागर्न र आर्थिक बिकासमा अगाडी बढाउन आफुले थुप्रै योजनाको सञ्चालन गरेको उनले बताए । ति योजना सञ्चालन गरी सुदूरपश्चिममा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन एमालेले जित्न आवश्यक रहेको भट्टले बताए ।
ओली सुदूरपश्चिमका ३ चुनावीसभालाई सम्बोधन गरी कर्णालीको सुर्खेत जाँदैछन । गठबन्धनसंग जुध्नका लागी ओली अहिले देश दौडाहामा छन् ।

