बझाङ। बझाङमा एक जना पुरुष मृत भेटिएका छन्। बझाङको सुर्मा गाउँपालिका २ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बोहरा मृत फेला परेको प्रहरीले जनाएको छ।
बुधबार साँझ घरबाट गाउँतिर घुम्न जान्छु भनि हिँडेका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन्। बझाङको सुर्मा गाउँपालिका २ घोगाडस्थित मेडिखान भन्ने स्थानमा बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

