धनगढी। नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए)धनगढीका बिध्यार्थीहरु पेड इन्टर्नसिपका लागी दुबइका होटलहरुमा जाने भएका छन् । धनगढीमा होटल म्यानेजमेन्ट विषयको पढाइ सञ्चालन गरिरहेको नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए) ले एकेडेमीमा अध्ययनरत छैँटौ सेमिस्टरका बिध्यार्थीहरुलाई पेड इन्टर्नसिपका लागी दुबइका होटलहरुमा लैजाने भएको हो।
छोटो समयमा नै उत्कृष्ठ नतिजा सहित फड्को मारिरहेको एकेडेमीले जनाएको छ । दुबइका विभिन्न पाचँ तारे होटलहरुमा काम गर्न उनिहरु लाई पठाउन लागीएको हो। पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सुदुर पश्चिमकै पहिलो र एकमात्र कलेज एनडब्लुएले आफ्नो १३ औ ब्याचमा अध्यनरत अधिकांस सबै विध्यार्थीहरुलाई दुबइ तथा यूएइका पाँच तारे होटेलहरुमा इन्टर्नसिपका साथसाथै रोजगारीको समेत सुनौलो अवसर प्रदान गरेको जनाएको छ। कलेजले पनि बिगत देखिनै दुबई, मलेसिया,चिन , थाइल्याण्ड,बहराइन आदि देशहरुमा इन्टर्नसिप कार्यक्रममा निरन्तर विद्यार्थीहरु पठाउदै आइरहेकोमा बिगत केही बर्ष यता पेड इन्टर्नसिपको समेत ब्यवस्था मिलाइरहेको छ।
यसले गर्दा अभिभावक र बिद्यार्थी समेत हर्षित हुदै आएको कलेजका संचालक शैलेश कुमार सिंहले बताए । बिध्यार्थीको संख्यात्मक विकास मात्र नभई गुणात्मक विकासका लागी यस प्रकारका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याइरहने सिंहको भनाई छ । यस बर्ष पाँच तारे होटेलहरुमा पेड इन्टर्नसिपका लागि गएका कोसराज जोशी, अभिषेक कार्की, प्रदिप चौधरी,अनिल ओझा,शैलेन्द्र सिंह र रुपा चौधरी रहेकी छन् । होटल म्यानेजमेन्टको पढाई संगै हाल आएर अन्तराष्ट्रीय स्तरका पाँच तारे होटेलमा पेड इन्टर्नसिपको अवसर पाएकोमा सिङ्गो परिवारनै हर्षित भएको उनिहरुको भनाई छ।
यसैगरी सुदूरपश्चिमको दुर्गम पहाडी भेगबाट पल्स टु उत्तीर्ण गरि यसै कलेजमा अध्ययन गरि पेड इन्टर्नसिपका लागि दुबई गइरहेका कोसराज जोशीका अनुसार बिगतमा भन्दा कजेजले हाल सजिलै समयमै इन्टर्नसिपको व्यवस्था मिलाउदै आइरहेकोमा खुशी व्यक्तगरेका छन् । कलेजले विएचएमका साथै पछिल्लो समयमा विध्यार्थीको आकर्षण तथा रोजाईमा रहेको विविए–विआई विषयको अध्ययन गराइरहेको छ । प्राविधिक तथा सिपमुलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुदाँ यस्ता विषयहरुमा कलेज ब्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनुभयो । यस बर्षका लागी पनि दुबै विषय विएचएम र विविए–विआइ का लागी नयाँ भर्ना खुलेको समेत उनले जानकारी दिए ।

