धनगढी। नेकपा एमाले केन्द्रिय अनुशासन आयोगकी सदस्य लक्ष्मी शाह कांग्रेस प्रवेश गरेकी छन। मंगलबार धनगढी स्थित आयोजित एक कार्यक्रममा उनले पार्टी प्रवेश गरेकी हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाको धनगढी स्थित निजी निवासमा एक कार्यक्रममा शाह कांग्रेस प्रवेश गरेकी हुन् ।
उनले लामो समयदेखि नेकपा माओवादी केन्द्रमा रहेर राजनीति गरेकी थिइन् । २०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर गठन भएको ‘नेकपा कम्युनिष्ट पार्टी’ विघटन भएपछि उनी एमालेमै रहेकी थिइन् । एमालेमा व्यक्तिबाद, नता बाद हाबी हुदै गइरहेको र केही गर्ने चाहना र इच्छा शक्ति भएका युवाहरुले अवसर नपाउने भएपछि आफुले पार्टी परित्याग गरेको शाहले बताएकी छिन् ।

