धनगढी। प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन नजिकीए सँगै कैलाली ५ मा चुनावी रौनक बढेको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचन नजिकीएसँगै कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकाहरु घर दैलो अभियानमा लागेपछि चुनावी रौनक बढेको हो । सत्ता गठबन्धन, एमाले तथा स्वतन्त्र उम्मेदवारहरु अहिले घर दैलो अभियानसँगै प्रसार प्रसारमा बेस्त देखीएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने भएको छ। यस कारण पनी आसन्न निर्वाचनमा को जित्लान् भन्ने सर्बत्र चाँसो बढेको छ। २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्य बनेका नेपाली काँग्रेसका डिल्लीराज पन्त यस पटकको निर्वाचनका लागी सत्ता गठबन्धनबाट प्रतिनिधी सभा तर्फ उम्मेदवार बनेका छन् । भने प्रदेश सभा क तर्फ रमेश सिंह धामी र प्रदेश सभा ख बाट प्रकाश बहादुर देउवा उम्मेदवार रहेका छन् । यस्तै २०७४ सालकै निवार्चनमा प्रधानमन्त्रीपत्नी आरजु राणालाई पराजित गरेका नेकपा एमालेका नारदमुनी राना प्रतिनिधी सभाका उम्मेदवार बनेका छन् ।
प्रदेश सभा क मा नेपालु चौधरी बनेका छन् भने प्रदेश सभा ख मा दुर्गा प्रशाद जोशी उम्मेदवार बनेका छन् । यस्तै कांग्रेसबाट कार्वाहीमा परेका पुस्करनाथ ओझा पनी प्रतिनिधीसभाका उमेदवार बनेका छन् । उनी आसन्न निर्वाचनमा स्वतन्त्रबाट कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधीसभाका उमेदवार बनेका हुन् । जसकारण सत्ता गठबन्धन, एमाले र स्वतन्त्र बिच त्रिपक्षी चुनावी प्रतिस्पर्धा हुने देखीएको हो । उनीहरुले आ आफ्नै जित हुने दाबी गरिरहेकाले पनी कैलाली क्षेत्र नम्बर ५ मा यस पालीको चुनाब रोचक हुने देखीएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका डिल्ली राज पन्तले स्थानिय स्तरमा जनताका अप्ठ्यारा मुद्धालाई आफुनो चुनावी एजेण्डा बनाएको बताएका छन् । उनले यो क्षेत्रमा डुवान कटान, तटबन्धन, पुल, सडक, खाने पानी, रोजगारी, मल बिउ बिजन तथा सेती प्रादेशिक अस्पतालको ब्यवस्थापन, गेटा मेडिकल कलेज सञ्चालन तथा गौरीफन्टा नाकाको स्तरोउन्तती र मल कारखाना बनाउने मुख्य एजेण्डा बनाएको बताए । जनताको मागका आधार यी नै मुख्य एजेण्डा भएको उनले बताए ।
पाँच दलीय गठबन्धन भएकाले पनी अरु उम्मेदवार वा दल भन्दा आफु बलियो र जित्ने आधार भएको उनले बताए । स्वतन्त्र ब्यक्तीको उम्मेदवारसँग कूनै भुमिका र सरकारमा पहुँच नहुने भएकोले प्रतिस्पर्धा नहुँने र एमाले बिच प्रतिस्पर्धा भएपनी गठबन्धन कमजोर नभएको उनको भनाई छ ।यता नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार नारदमुनी राना आफुले जित्ने बलियो आधार भएको बताएका छन् । आफु चुनावी अभियानका क्रममा घरदैलो गरिरहेका रानाले एमालेले गरेको कार्यबाट जनता निकै उत्साहित भएको बताए। गठबन्धनबाट आजित भएका जनता महङ्गी र अन्यायको मारमा परेको बताउँदै जनता पनी एमालेको पक्षमा रहेको उनको भनाई छ । सत्ता गठबन्धनमा बेतिथी, बिकृती रहेकोले मंसिर ४ पछि यस्को अन्य हुने उनले बताए। जनताको पक्षमा र राष्ट्रि«यताको पक्षमा एमालेले काम गरिरहेको बताउँदै जनताले आफुलाई जिताउने उनले दाबी गरेका छन्।
यस्तै कैलाली क्षेत्र नम्बर ५ मा एकातिर सत्ता गठबन्धन र अर्काे तर्फ नेकपा एमालेका उम्मेदवार जित्ने दाबी गरिरहेका बेला स्वतन्त्र उम्मेदवार पुस्कर नाथ ओझा पनी आफु जित्ने दाबी गरीरहेका छन् । उनले पनी चुनावी गतिबिधी बढाएका छन् । काँग्रेसबाट कार्वाहीमा परेका स्वतन्त्र उम्मेदवार ओझा धनगढीको आत्मसम्मान लागी आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले आफु अहिले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार लगायतका क्षेत्रमा केही योगदान गर्न सकिन्छ भन्ने मुख्य चुनावी एजेण्डा बनाएका छन् । उनले धनगढीको आत्मसम्मानमा चोट पुग्ने काम भएकोले त्यसलाई लयमा ल्याउनका लागी यस पटक चुनावमा होमिएको उनको भनाई छ । मंसिर ४ गते हुने निर्वाचनमा कैलाली ५ का उम्मेदवारहरुले आ आफुले जित्ने दाबी गरिरहेका छन् । एकातिर सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवार र अर्काे तर्फ स्वतन्त्र उम्मेदवार छन् । बिशेषगरि मतदाता पनी अहिलेको निर्वाचनमा कुरा भन्दा काम गर्नेलाई मत दिने पक्षमा छन् । धनगढीको मुहार नफेरीको भन्दै उनीहरु पुराना भन्दा नयाँ र जनताको पक्षमा काम गर्ने उम्मेदवारीलाई जिताउने पक्षमा रहेका छन् । त्यसैले पनी मंसिर ४ गते हुने निर्वाचन त्रिपक्षीय रुपमा प्रतिस्पर्धा हुने देखीएको छ।


