कञ्चनपुर। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विकासको बाधक गठबन्धन सरकार भएको आरोप लगाएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा नेता भट्टले सो कुरा बताएका हुन्। गठबन्धनको सरकारले दैजी–छेला औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाहको काम रोकेर राखेको बताए ।
उनले एमाले सरकार रहेको बेला केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेको तर त्यसलाई गठबन्धन सरकारले अवरुद्ध पारेको बताए। एमाले सचिव भट्टले सरकारबाट बाहिरिएपछि हामीले काम गर्न पाएनौ, सुख्खाबन्दरगाहको काम पनि अगाडी बढाएका थियौं, बजेट रहेको अवस्थामा गठबन्धन सरकारले काम अगाडी बढाउन नदिएको उनले बताए। यस्तै कैलालीको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने योजनाबाट गठबन्धन सरकारले रोकेको उनको भनाई छ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने हाम्रो योजना छ, तर गठबन्धनमा रहेका नेताहरु मेडिकल कलेजलाई समेत डडेल्धुरा बनाउने भनिरहेको बताए । ‘गेटामा भौतिक संरचनाहरु छन्, पहिला त्यहाँ त मेडिकल कलेज चलाउनु पर्र्यो नि उनले भने । त्यसपछि लगे हुन्छ नी उनले भने। ‘हिजोका दिनमा टाउकाको मुल्य तोक्ने र तोकिने सँगै रहेको बताएँदै नेता भट्टले उनीहरुबाट देशको विकास नहुने समेत दाबी गरेका छन् । उनले देशको विकासका लागि एमालेको सरकार बन्नु आवश्यक रहेको औँल्याए । सुदूरपश्चिममै रोजगारी सृजनाका लागि युवाहरुलाई रोजगारी दिनदैजी–छेला औद्योगिक क्षेत्र, सुख्खाबन्दरगाह लगायतका योजनाहरु एमाले नेतृत्वको सरकारले अगाडि बढाएको छ । यी औद्योगिक क्षेत्रहरु निमार्ण भइ सञ्चालनमा आए धेरैलाई रोजागरी दिन सकिने उनले दाबी गरेका छन् । त्यसैले एमाले सरकारलाई जिताउन उनले आग्रह गरेका छन् ।


