काठमाडौं। निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दरपीठ गरिदिएका छन् । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले महिला, सीमान्तकृत, अल्पसंख्यक, पिछडावर्ग तथा अशक्त, लैङ्गिक अल्पसंख्यक समुदायलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको भन्दै निर्वाचन स्थगित गर्न माग गरी रिट पेश गरेका थिए । तर उक्त रिट प्रक्रिया पूरा नगरी पेश भएकाले दरपीठ गरिएको सर्वोच्चकी रजिस्ट्रार निर्मला पौडेलले बताएकी छन् ।हेर्नुहोस् दरपीठको आदेश

