कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलिया बस्ने राम प्रसाद बजगाइको १९ बर्षिय छोरा कमल बजगाइको बुधबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बजगाइ घरमा तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनी बत्ती लगाउने बेला तार सर्ट भएर अचानक टिनको ढोकामा बजारिएका थिए। त्यसपछि घाइते बजगाइलाई उपचारको लागि स्थानीय अस्पताल लालरत्न लम्कीमा लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

