धनगढी। आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा हुँदैछ । यतिबेला बिभिन्न दल तथा स्वतन्त्र ब्यक्तीहरु मनोनयन दर्तापछि चुनावी अभियानमा केन्द्रित छन् । एका तर्फ सत्ता गठबन्धन त अर्को तर्फ एमाले सहितका दलहरु चुनावी मैदानमा होमिएका छन्। आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधीसभा उमेदवार रहेका इश्वरी बिष्टसंग चुनावी रणनितिका बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले गरेको कुराकानी
राष्ट्रिय स्वतन्त्र पार्टी अंगाल्दै कैलाली ५ मा उमेदवार बन्नुभएको छ खासमा नयाँ पाटीनै किन अगाल्नुभयो ?
म २०६० सालमा नेपाल प्रहरी संगठनबाट राष्ट्र र जनतामा सर्मपति भैसकेको मान्छे हूँ । मेरो १८ बर्ष मैले राष्ट्र र जनताको सेवा गर्दैगर्दा जनतासँग साक्षतकार हुने अवसर पाए । त्यो अवसरमा मैले बिकृती बिसंगती धेरै देखे मैलै । त्यो देखेपछि मलाई यो जागिर खान वाक्क र दिक्क लाग्यो । त्यहाँबाट मलाई जागीरेको भ्रष्टाचार देख्दाखेरी अब स्वेच्छीक अवकासमा जानुपर्छ या केही न केही समाजमा सेवा गर्नुपर्छ भनेर स्वच्छिक अवकासमा आए। स्वच्छिक अवकासमा आएपछि सभ्य कोही देख्दैन समाजमा कोही नेपाली काँग्रेस, कोही नेकपा एमाले, कोही माओवादी, कोही राष्ट्रिय प्रजातन्त्र पार्टि देखे । अनी राष्ट्रिय प्रजातन्त्र पाटिले त वडामा टिकटले भन्दैथे मैले लिएन मजाले घरमा बसे । घरमा बस्दै गर्दा ४ ओटा निर्वाचन कर्मचारी भएर गाराईसक्या छु । र एउटा निर्वाचन आम जनता भएर गराइसक्या छु के । मलाई यो निर्वाचनका अनुभव पनी छन्।
गर्दै गर्दा मलाई कुनै पार्टि मन नपरेपछि आफ्नै घरमा ब्यवसाय बनेर बस्नुपर्छ भनेर ब्यवसाय गरिराखेको ब्यक्ती हुँ पहिलो कुरा त । त्यसपछि झण्डै साउनको १५ गते देखी फ्रि फिजीकल ट्रेनिङ सेन्टर थियो । भाईबहीनी तथा बुढापाका, मोटो मान्छे भएकालाई घरमा बसेर भएपनी फ्रि फिजीकल ट्रेनिङ थियो भने । अर्को नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षकको जागीर खानेलाई मैले फ्रि फिजीकल फिटनेस ट्रेनिङ दिने भनेर योजना बनाएको थिए। साउनको १५ का लागी हुने त्यो ट्रेनिङमा २२ जना युवाहरु जोडि सकेका थिए । तर साउन १४ गते रबि लामीछानेले धनगढीमा प्रदेश भेला गर्दा खेरी मैले त्यहाँ बोल्ने अवसर पाए। अनी रबि लामीछानेको राष्ट्रिय स्वतन्त्र पार्टिको एजेण्डा हेर्दा खेरी सबै राम्रो लाग्यो । राम्रो लाग्दा यो पार्टिमा लागेर समाजको सेवा गर्न पाउँदा राम्रो लागेर यो पार्टिमा जोडिएको हुँ खास चै ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधीसभा उमेदवार बन्नुभाछ एजेण्डा चाहीँ के छन् ?
जनतालाई हामीले ऐजेण्डा सहजैसँग बुझाइ राखेका छौँ । आफु पनी धनगढी उपमहानगरपालीकाको नगर सभापती भएको हैसियतले म धनगढीका १९ सै वडामा पुगे । सबै वडामा पुग्दा खेरी यहाँका आम नागरिकले के भन्नु भएको छ भने हामी अरु पार्टिमा आबद्ध छु । तपाईको पार्टिमा लागेपछि सामाजिक बिभेद हुन्छ । यदि तपाइ राम्रो उम्मेदवार लिएर आउनु भयो भने राष्ट्रिय स्वतन्त्र पार्टिलाई भोट दिने भनेपछि हामी खटिएका हौँ । एक त हाम्रो संगठन न्युन छ । हाम्रो संगठन भनेको जनता नै हो । हाम्रो एजेण्डा भनेको सबै नै जनता हो यो क्षेत्रका लागी । क्षेत्र नम्बर ५ मा मेरो लागी सर्बेसर्बा हो । एजेण्डाहरुमा अरु भन्दा हामी भिन्न छौँ । सबैभन्दा हामी किन भिन्न र्छौँ ? किन भन्दा खेरी यहाँ जती भ्रष्टाचार देख्नुहुन्छ तपाईहरु छर्लङ्गै छनी धनगढीमा । सञ्चारकर्मीलाई थाहा नै छ । हामी यो भ्रष्टाचारलाई कसरी रोक्छौँ भने अहिले डिजीटल डेमोक्रेसी छ । हामी प्रत्येक सरकारी कार्यालयमा डिजीटल रेकर्ड गर्छौँ । हामी घर बाटै सेवा सुबिधा लिन्छौँ । हामी घर बाटै ट्याक्स, कर घरबाटै तिर्छौँ ।
अनी डकुमेन्ट पनी घरबाटै पठाउँछौँ । सबै हामीले घर बाटै गर्छौँ खाली लाईन लाग्ने झण्जटरहित हामी यो गरिरहेका छौँ । त्यसपछि शिक्षा प्रणालीमा ब्यापक सुधार छ हामी अरु पार्टि भन्दा किन भिन्न छ भने हाम्रो पार्टिमा प्रारम्भीक निर्वाचन हुन्छ । अरु पार्टिमा नाताबाद कृपाबाद र वशंबाद छ त्यसकारण अरु भन्दा हामी भिन्न र्छौँ अर्को हाम्रो पार्टिको मुल ऐजेण्डा भ्रष्टाचार रोक्ने हो हाम्रो देशको समस्या भनेको भ्रष्टाचार हो । अनी पुस्तौँ देखीका मान्छेको फैसला हुँदैन, मान्छे मरिसक्छ त्यसको फैसला भएको हुँदैन् । त्यस्को कुनै अर्थ छैन् । जस्तो जनप्रतिनिधी काम गर्न खोजी राखेको छ । त्यो जनप्रतिनिधी काम गर्दै गर्दा स्टे अडर गरिदिन्छ हाम्रो न्यायालयले । स्टे अडर गरेपछि त्यो जनप्रतिनिधीको ५ बर्षे कार्यकाल सकिन्छ । तर त्यो बिकास निर्माणको काम रोकिन्छ । अनी यस्तै खेलकुदमा पनी ब्यापक सुधार गछौँ । बिशेष गरी हामीले देशभरीका एकैनासका बिद्यालय बनाउछौँ के मापदण्ड अनुसार । शिक्षा प्रणालीमा ब्यापक सुधार आउँछ । यस्तै स्वास्थ्यको कुरालाई स्वास्थ्य बिमा मार्फत सबैलाई स्वास्थ्य सेवा दिन्छौँ । यस्तै अर्को एजेण्डा छ, सिमा सुरक्षा । २०६५ सालमा म हरिद्धार जाँदा बनबासाको पुलमा थियो एसएसबि तर अहिले वर आइसकेको छ । गेटमा देखीरहेको छु हामीले काँडेतार लगाउने भनिसकेका छौँ । यस्तै खानेपानी पनी धेरै पाएको छैन् । हामी शुद्ध खानेपानी दिन्छौँ यती हुन् हाम्रा एजेण्डा ।
तपाईले बिशेषत कैलाली क्षेत्र नम्बर ५ का लागी के गर्ने भन्ने योजना बनाउनु भएको छ ?
मैलै यो गर्छु उ गर्छु भनेर ऐजेण्डा बनाएको पनी छैन् । किन बनाएको छैन् भने यस भन्दा पुर्वका दलहरुले धेरै एजेण्डा बनाइसकेका छन् । हामीहरुले ति ऐजेण्डाहरुलाई नै कार्यान्वयन गर्ने हो । पहिले त एक नम्बर एजेण्डा भ्रष्टाचार रोक्छौँ, जस्तै सरकारी बिद्यालयमा पढाउने शिक्षक छन् । उहाँहरु लोकसेवा पास गरेर आउनु भा हो । तर हाम्रो निजी बिद्यालयमा पढाउने शिक्षक छन् उनीहरु लोक सेवा फेल भएर आएका शिक्षक हुन् जहाँसम्म मलाई लाग्छ । तर निजी क्षेत्र बिद्यालयहरुको स्तर उन्नती माथी छ । तर सरकारी बिद्यालयको स्तर तल छ । किनकी शिक्षकको लार्पवाही र बिभिन्न शिक्षकहरु संगठनहरु छन् । बिभिन्न राजनितीक दलका संगठन छन् । म भन्न सक्छु की जती पनी नेपालका कर्मचारी छन् यी सब्बै तिन पार्टिका झोले हुन् । म खुलेर भन्न चाहान्छु राजनितीक दलका झोले हुन् । यो सिडीयो, एसपी, न्यायाधिस यी केही हैनन् । जस्तो म भन्छु, नेपाल प्रहरी टप हो किनकी नेपाल प्रहरी अनुसन्धानमा दक्ष छ सक्षम छ के । तर यहाँ राजनितीक करण भैराछ । समान सेवाहरु पाइरहेका छैनन् । जस्तै शिक्षाको बारेमा म भन्छु । लोकसेवाबाट पास गरेर आएका छन् तिनीहरुलाई उन्नत किसीमको तालिम दिएर यो क्षेत्रमा जती पनी सार्वजनिक बिद्यालय छन् ।
आउँदो शैक्षिकसत्रबाट अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गर्ने मेरो एजेण्डा हो । स्वास्थ्यमा बिमा कार्यक्रम लागु गराएर सम्पुर्ण नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने मेरो एजेण्डा हो । यस्तै बिकास निर्माणको काम छ । जस्तै सानो खाल्डो मर्मत नगरिकन ठुलो खाल्डो पर्दै जान्छ । समयमै मर्मत गरिदिनुपर्यो । रोड एम्वुलेन्स सफाई एम्बुलेन्स, सफाई एम्बुलेन्स । धनगढी कती धेरै दुर्घन्ध छ फोहोर छ यस्का लागी सफाई एम्बुलेन्स हुनुपर्छ । यस्तै धनगढी डुवानको समस्या छ । यस्को निकासै छैन् । खोलानाला अतिक्रमण छ । खास समस्या भनेको खोलानाला अतिक्रमण हो । यस्तै अर्को कुरा जती पनी मोहनाको बोर्डर छ । त्यो एरियामा पुष्प बाटिका सहितको साईकल लेन बनाउने मेरो एजेण्डा छ । यस्तै फाप्ला क्रिकेट मैदान हुँदै उत्तरबेहडी शिवपुरीधाम हुँदै बेहडाबाबासम्म साईकल लेन बनाउने योजना बनाएको छु । अर्को योजना भनेको बिकासको मोडेल छ । अहिले खास गरेर नेताहरु आफै जानीराखेका छन् मैले सबै जान्ने भनेर, किनकी सबै जानीराखेको भनेर भन्नै मिल्दैन । तर त्यो भन्दा बिभिन्न बिद्याका बिज्ञहरुलाई एउटा टिम बनाएर काम गर्यो भने यहाँको समग्र बिकास हामी गर्न सक्छौँ । बिकास नहुनुको अर्को कारण भनेको केन्द्रले सुदुरपश्चिमलाई हेर्ने दृष्टिकोण र निती फरक छ सर । हामीलाई मान्छे नै मान्दैनन् । तर केन्द्रमा गएर थर्काउन सक्ने, लड्न सक्ने र त्यसैपरे तानेर थुन्नसक्ने मान्छेको आवश्यकता छ । हाम्रो सुदुरपश्चिमबाट शेर बहादुर देउवा छन् । उहाँ ५चोटी प्रधानमन्त्री भैसकेका छन् । म जन्मेको ठाउँ भनेको डडेल्धुराको नवदुर्गा गाउँपालीकामा २०४१ सालमा हो । उहाँ ४ चोटी प्रधानमन्त्री हूँदा गाउँमा नत बिजुली गयो नत सडक गयो । मेरो जिल्लाको प्रधानमन्त्री थियो । तर म अहिले धनगढीमा बस्छु ।
तपाईले भ्रष्टाचार गर्दिन भन्नु भो । तपाई जस्ता भ्रष्टाचार गर्दिन भन्ने नेता धेरै आए । तर जनताले भन्ने बोली र गर्ने काम धेरै फरक पाउँछन् तपाई जनतालाई कसरी बिस्वत पार्नुहुन्छ । तपाई आगामी दिनमा भ्रष्टाचार गर्नै हुन्न भनेर कसरी पत्याउने ।
हो म यो स्पष्ट पार्न चाहान्छु कैलाली क्षेत्र नम्बर ५ का जनता र मतदातालाई । म बेहडाबाबामा गएर पुजापाठ गरेर, बेहडाबाबालाई साँची राखेर मैले मेरो पार्टिको जिल्लाको उपसभापतीलाई लगेर उहाँ म एकदमै बाचा बन्धनका साथ कसमै खाएर म भ्रष्टाचार गर्दिन र अरुलाई गर्न दिन्न भनेर कसम खाएका छौँ । अर्को केहो भने एक त म पुर्व कर्मचारी पनी हो म पेन्सन पनी खान्छु । यो क्षेत्रको आम मतदाताले जुन त पेन्सन खान्छस् त्यो पेन्सनमा बस र सांसदको सुबिधा नले भनेर भन्यो भने म स्वीकार गर्न सक्छु पहिला त ।
नेता भएर त पैसा बढी चाहीएला त ?
नाई मलाई चाहीदैन् । मेरो घरमा श्रीमतीले सानो ब्यवसायीक काम गनुहुन्छ । बालबच्चा छ । बालबच्चा पाल्न र पढाउनका लागी भएपुग्छ सर । म यो देशको बिपी जस्तो नेता बन्न चाहान्न । मेरो घर छ एउटा । अर्को म भ्रष्टाचार गर्दैन किनभने म सुदुरपश्चिममा कर्मचारी रहदा म सुदुरपश्चिम भन्दा बाहिर गएन। तर उसरी म घुम्ने क्रममा ६५ जिल्ला घुमिसकेको छु । तर सुदुरपश्चिमको कुनैपनी जिल्लामा एक कप चिया घुस मार्फत खाएको छ इश्वरी बिष्टले भने म यो चुनाबै लड्दैन् त्यो मेरो बाचा हो । मैले कर्मचारी हुँदा मैले कसैको एक रुपीयाँ पनी भ्रष्टाचार गरेको छैन् । किन गरेन भने, मेरो घरका सदस्यहरु सबै बिजनेश गर्नुहुन्छ ।बिजनेश भएका मान्छेलाई दश पन्ध्र, हजार एकलाख दुईलाख आवश्यकता नै पर्दैन । त्यसैले म भ्रष्टाचार गर्दैन म बिश्वास दिलाउन चाहान्छु । भनौन मलाई एउटा त राज्यले सुबिधा दिइसकेको छ । यो क्षेत्रको जनताले यदि त त्यो पेन्सन खान्छन्, सरकारी सुबिधा खान्छस्, सांसदको सुबिधा नले भनेर भन्यो भने त्यो सुबिधा नलिन स्वीकार गर्ने ब्यक्ती इश्वरी बिष्ट हो ।
तपाईका प्रतिस्पर्धी बिभिन्न आन्दोलनमा योगदान दिएका ब्यक्ती छन्। ब्यवस्था बदल्नकै लागी आएका नेताहरु छन् । ब्यवस्था ल्याउदासम्म उहाँहरुको योगदान असक्षम भए । उनीहरुको योगदान पनी छ । एक्कासी तपाईको पार्टि स्थापित भएर चुनाबमा गयो । तपाईहरुका एजेण्डाहरु कसरी सफल हुन्छन् ?
सर, हामीसँग भिजन छ । जुन हाम्रो पार्टि सभापती रवि लामी छानेको राष्ट्रिय स्वतन्त्र पार्टि छनी । उहाँसँग पहिला बसेको हैन् यसपटकको काठमाण्डौँ प्रशिक्षण भेलामा बस्दा खेरी उहाँ एकदमै निडर, कुशल ब्यक्ती हुनुहुन्छ । उहाँसँग वान टु वान कुरा गर्ने अवसर मिलेको थियो । उहाँ एकदमै निडर र कुशल ब्यक्ती देखे । मैले उहाँलाई पत्याएको थिए । मैले शेर बहादुरलाई, प्रचण्ड, केपी ओलीलाई, माघब नेपाललाई पत्याएन भनेपछि मैले रबि लामीछानेलाई पत्याए यो देशमा । उहाँहरु जतिपनी पुर्ब नेताहरु हुनुहुन्छ, पार्टिहरु हुनुहुन्छ । उहाँहरुले के गर्नुभयो अहिलेसम्म । कांग्रेसले पनी हतियार उठायो मान्छे मार्यो मारेको हो नत सबैलाई थाहा छ । झापा बिद्रोहमा एमालले टाउको काटेको हो । माओवादीले १० बर्षे जनयुद्धमा १७ हजार मारेको हो । तर हाम्रो पार्टिले कुनै एक ब्यक्तीलाई त भनेर भनेको छैन् । कुनैपनी आन्दोलनमा ढुङ्गामुढा, चक्काजाम गरेको, जनतालाई सास्ती दिएको छैन् । हाम्रो पार्टिको लाईन भनेको जनतालाई कुनैपनी किसीमको सास्ती दिएको छैन् । जनमतबाट परिवर्तन गर्ने चाहाना हो ।
त्यो आन्दोलन ले त परिवर्तन त आयोनी ?
त्यो आन्दोलनको अमुल्य योगदान रहेको छ । तर ब्यवस्था बदलेपनी जनताको अवस्था बदलिएको छैन् । मैले धनगढीका बिभिन्न कार्यालयमा घुमिसकेको छु । सबै कार्यालयहरुको अनुभब छ । कार्यालयमा भ्रष्टाचार कसरी हुन्छ । कती बेला हुन्छ । कसरी गर्छन् सबै म संग अनुभब छ यहाँको जनताले इश्वरी बिष्टलाई साथ दिने हो र भोट दिने हो कैलाली क्षेत्र नम्बर ५ को भ्रष्टाचार निवाचित भएको दोस्रो दिन देखी रोक्न सक्छु । मलाई दृढ बिश्वास छ । यस्तै यहाँ हुने तस्करी रोक्न सक्छु । कैलाली क्षेत्र नम्बर ५ को बारेमा सबै थाहा छ ।
त्यसो भए तपाइहरु एजेण्डा स्थापित गर्नसक्नुहुन्छ । बिजय हासिल गर्नसक्नुहुन्छ ?
यहाँ इश्वरी बिष्टले जित्छ सर । इश्वरी बिष्टले जित्दैन् राष्ट्रिय स्वतन्त्र पार्टिले जित्छ । क्षेत्र नम्बर ५ का बासीले जित्छन् । इश्वरी बिष्ट प्रतिनिधी पात्र मात्र हो । जनताले भोट दिनन्छन् । मत माग्दै जादा धेरै मतदाता उत्साहित भएको पाए । उनीहरुको सद्भाव माया, बिश्वास पाएकोमा खुसी भएको छु । सय प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टिले जित्छ ।


