धनगढी : नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष तथा कैलाली क्षेत्र नम्बर ५ प्रदेशसभा ख का उमेदवार दुर्गा प्रसाद जोशीले यहाँको बिकासको जिम्मा नेकपा एमालेलाई दिन आग्रह गरेका छन् । वडा नम्बर १ को पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले बिकास गर्ने एक मात्र पाटी एमालेनै भएका कारण एमालेलाई साथ दिन उनले आग्रह गरेका हुन् ।
असहलेसम्म देशको नेतृत्व कति दलले गरे र कसको पालामा सबैभन्दा बढी बिकास भयो त्यो जनताले हेर्नुपर्ने जोशीको भनाई थियो । आफु र एमालेको उमेदवार धनगढीकै भएका कारण जनतामाँझ गरेका बाचा पुरा नभए घरमै आएर आफुहरुलाई झकझक्याउन सकिने जोशीले बताए ।
आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेका पक्षमा मतदान गरी देश र आफ्नो भविश्य सुनिश्चित गर्न उनले आग्रह गरेका छन् । कसैले पैँसाको बलमा मत किन्न खोजे पैँसा लिने तर भोट सुर्यमै हाल्न उनले आग्रह गरे ।

