धनगढी : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा आसन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधीसभा उमेदवार नारदमुनी रानाले आफ्नो ५ बर्षे कार्यकालमा थुप्रो बिकास भएको बताएका छन् । धनगढी उप महानगरपालिका १ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रानाले एमालेकै पालामा धनगढीमा बिकासको मुल फुटेको बताएका हुन् ।
यहाँका ठुला योजना एमालेकै सरकारको पालामा शुरु भएका हुन् रानाले भने “मोहना अत्तरिया ६ लेन सडक, धनगढी ८ को सिटि हल, बेहडाबा मन्दिरमा बिभिन्न संरचना निर्माण, जोखर तालमा बजेट, हुलाकी सडक, सघन सहरी आयोजना, सघ्रांलय, ३ नम्बरको वाटर पार्क, फुलवारीमा आइटी स्मार्ट स्कुल, धनगढी माबीमा ३६ कोठे भवन मेरै पहलमा भएको हो र यस्ता ठुला योजना एमालेकै सरकारमा योजना परेका हुन्, यि योजना धनगढीमा ल्याउन मैले धेरै प्रयत्न गरेको थिए ।”
जनताले कतिबेला कहाँको बजेट आएको हो कसले ल्याएको हो भनेर अनुसन्धान गर्दा हुन्छ रानाले भने “मैले यहाँको बिकासका लागी धेरै योजना ल्याए, भनेजस्तै काम नभउको होलान, धनगढी उप महानगरपालिका १ को सडक निर्माण शुरु नहुनुमा उप महानगरले सडक छेउका संरचना खाली नगरेकै कारण हो अब सायद खाली हुन्छन अनी काम शुरु हुन्छ बजेट आइसकेको छ ।”
बिकासका लागी एमाले बाहेक कसैले गर्न नसकेको रानाले बताए । नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री हुँदा गरेका काम छर्लगं छन् उनले भने “एक सय रुपयाँबाट बृद्धभत्ता शुरु गरेको एमालेले ४ हजार पुगायो, बुमिहिनलाई जग्गाधनी पुर्जा दिन एमालेले भुमी आयोग गठन गरी काम शुरु ग¥यो, एक बर्ष कोरोनाले हामीलाई सतायो त्यो बेला त्यहीमा हामी केन्द्रित भयौँ ।”
बिकास गर्ने एमाले, गरिबको पार्टी एमाले, देशभरी एकै दिन सयौँ अस्पताल, सडक शिलान्यास गर्ने नेकपा एमाले हो त्यस कारण एमालेका उमेदवार हाले देश हार्ने छ उनले भने “हाम्रो देशका गठबन्धनवाला कुर्सीका लागी नागरिकता बेच्न लागेका छन्, नदी बेच्न लागेका छन्, स्वाभिमान बेच्न लागेका छन् त्यस कारण नेपाली जनताको शिर ठाडो पार्न, देश जोगाउन सुर्यमा छाप लाउनुको बिकल्प छैन ।”

