धनगढी। धनगढीमा एक जना महिला लागुऔषधसहित पक्राउ परेकी छिन् । कैलालीको धनगढी उपमहानगरपालिका–१२ बस्ने वर्ष ३२ की उषा कुँवर रहेको कैलाली प्रहरीले जनाएको छ।
कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार धनगढी उप-महानगरपालीका २ स्थित त्रीनगर व्यारेल भारतबाट नेपाल तर्फ आउने क्रममा लागु औषध व्युरो र त्रीनगर प्रहरी टोलीले निज महिलालाई शंका लागी चेकजाच गर्दा ४ ग्राम ८०० मिलीग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेकी उनको साथबाट सो मिलीग्राम ब्राउन सुगर फेला परेको कैलाली प्रहरीले जनाएको छ। पक्राउ परेकी कुँवरमाथि थप अनुसन्धान भइरहेको कैलालीका डीएसपी जोशीले बताए।


