अछाम। अछाम क्षेत्र नम्बर २ क मा स्वतन्त्र उम्मेदवारी दिएका एमालेका नेता बम बहादुर बिसीले उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एमालेका बागी उम्मेदवार बनेका नेता बिसीले आज उम्मेदवारी फिर्ता लिएका हुन् ।
सो क्षेत्रबाट प्रदेशसभा सदस्यको उम्मेदवार आकांक्षी बिसीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर स्थानीय कार्यकर्ता र पार्टीको जिल्ला, प्रदेश र केन्द्रको आग्रहमा उम्मेदवारी फिर्ता लिएको बिसीले बताए। अछाम २ ९क० प्रदेश सभामा एमालेबाट नेता भीमबहादुर विष्ट उम्मेदवार रहेका छन्।

