कैलाली । कैलाली ४ ‘ख’ बाट उम्मेदवारी दिएका टिकादत्त जोशीले उम्मेदवारी फिर्ता लिएका छन । कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका जोशीले बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन।
नेपाली कांग्रेसबाट चुनाव लड्न लामो समय देखि लबिङ गरिरहेका जोशीले पार्टीले टिकट नदिएपछि रुष्ट भएका थिए। उनले आफूले आक्रोसमा आएर उम्मेदवारी दिएको भएपनि सबै संगको सल्लाहबमोजिम फिर्ता लिएको बताएका छन ।उनले पार्टीका आधिकारीक उम्मेदवार प्रकाश बहादुर बमलाई सघाउने बताएका छन् ।


