धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधीसभामा नेपाली काग्रेंसका डिल्लीराज पन्तले उमेदवारी दर्ता गरेका छन् । आशन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी आज तोकिएको मनोनयनको मिति अनुसार पन्तले मनोनयन दर्ता गरेका हुन् ।
यस्तै प्रदेशसभा क मा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश शिहं धामीले मनोनयन दर्ता गरेका हुन् । प्रदेशसभा ख तर्फ भने नेपाली काग्रेंसका प्रकाश देउवाले मनोनयन दर्ता गरेका हुन् ।

