कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ५ धनगढीबाट नेता पुष्करनाथ ओझाले प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ओझाले धनगढीमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका हुन् । यसअघि धनगढीमा पत्रकार सम्मेलन गरी पुर्व राज्यमन्त्री समेत रहेका नेता ओझाले स्वतन्त्र उम्मेदवारी दिने बताएका थिए ।
आफू सर्वदलीय हुन खोजेको भन्दै उनले स्वतन्त्र उम्मेदवारीको तयारीमा लागेको बताए । सवै राजनैतिक दलको भोट बाट आफुले मत पाउँने विश्वास लिएका कारण जित पनि सुनिश्चित रहेको दावी ओझाको छ ।पूर्व सञ्चार राज्यमन्त्री समेत रहेका ओझाले समर्थकहरुसँग प्रवृति विरुद्धको संर्घषको नेतृत्व आफूले गर्ने पनि बताए । उनले कमजोर हुँदा सबैको सहयोग चाहिने, राजनीतिक शक्तिमा पुगेपछि परिवार मात्र हेरिने प्रवृतिको विरोध स्वरुप आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।उम्मेदवारी दर्ता आइतबार बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।


