धनगढी : प्रधानमन्त्री तथा नेपाली काग्रेंसका सभापति शेर बहादूर देउवा पत्नी आरजु राणा देउवा धनगढी आएकि छिन् । नेपाली काग्रेंसकी केन्द्रिय सदस्य समेत रहेकी आरजु शनिबार दिउसो धनगढी पुगेकी हुन् ।
आइतबार आगामी मंसिर ४ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागी मनोनयन दर्ता हुँदै छ । सोही कामका लागी आरजु धनगढी पुगेकी हुन् । उनलाई धनगढी बिमानस्थलमा काग्रेंसका नेता कार्यक्रताहरुले स्वागत गरेका थिए ।

