धनगढी : सुदूरपश्चिममा बुधबार रातीदेखी बर्षा शुरु भएको छ । पहाडी तथा तराइका जिल्लाहरुमा बर्षा भइरहेको छ । सुदूरपश्चिममा अँझै एक साता भारी तथा मध्यम बर्षा रहने सम्भावना रहेको मौषमविदले बताएका छन् । मनसुन सक्रिय रहेका कारण सुदूरपश्चिमका अधिकाशं स्थानमा भारी तथा मध्यम बर्षा रहने जल तथा मौषम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महासाखाले जनाएको छ ।
बिहिबार बिहानदेखी कैलालीमा शुरु भएको बर्षाले हालसम्म क्षती भएको छैन । केही क्षेत्र डुवान परेपनि क्षती नभएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिव राज जोशीले बताए । आफुहरु स्थानिय तहको सम्पर्कमा रहेको बताउँदै जोशीले क्षती भएको खबर कतैबाट नआएको बताए ।
मनसुन सक्रिय भएका कारण सुदूरपश्मिमा एक साता बर्षा रहने सम्भावना रहेको मौसम पुर्वानुमान महासाखाले जनाएको छ । मनसुन एक साता सक्रिय रहने र आइतबार देखी ३ दिन भारी बर्षा रहने जनाइएको छ ।

