धनगढी : कैलालीमा रहेका इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना प्रकाशन गरी आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित एवम् भयरहीत बनाउन एवम् विश्वसनीय सुरक्षा व्यवस्था कायम गर्नका लागि जिल्लामा रहेका इजाजत हातहतियार बुझाउन गरेको हो । कार्तिक ५ गतेभित्र पायक पर्ने नजिकैको प्रहरी कार्यालयमा हातहतियार बुझाउन आग्रह गरिएको छ । जिल्लाभरि ४७९ वटा इजाजत प्राप्त हातहतियारहरु रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
हातहतियार बुझाउन प्रशासनको आग्रह
हातहतियार बुझाउन प्रशासनको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

