धनगढी। चाडपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिमका यातायात व्यवसायीले थप संख्यामा यात्रुवाहक सवारीसाधन संञ्चालनमा ल्याएका छन्। दसैं सुरु भएकाले आवतजावत गर्ने यात्रुहरुको अत्याधिक भिडभाड र सहजताका लागी थप संख्यामा सवारीसाधन संञ्चालनमा ल्याइएका हुन्। दसैं तथा तिहार लगायत चाडपर्वलाई लक्षित गरेर लामो तथा छोटो दूरीका सवारीसाधन पर्याप्त संख्यामा सञ्चालनमा ल्याएको सुदूरपश्चिमका यातायात व्यवसायीले बताएका छन्।
सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले गन्तब्यमा जाने यात्रुहरुको चाप बढ्दै गएकाले यात्रुहरुको सहजताका लागी थप बस सञ्चालनमा ल्याइएको बताए । उनले सुदुरपश्चिमको तराईबाट पहाडी जिल्ला जाने र काठमाण्डौँबाट सुदुरपश्चिम भित्रीने यात्रुहरुका लागी बस संख्या थप गरेको बताए। तराईबाट पहाडी जिल्लाका लागी दैनिक १५ ओटा बस र काठमाण्डौँबाट सुदुरपश्चिमसम्मका लागी ७ ओटा बस संख्या थपिएको जानकारी दिए ।धनगढी र महेन्द्रनगरबाट सुदूरपश्चिमका सबै जिल्लासहित देशभरका प्रमुख सहरमा सीधा बस सेवा सञ्चालन हुने गरेको छ।
धनगढीमा प्रधान कार्यालय रहेका बस व्यवसायी समितिले यहाँबाट करिब ८ सय ५० यात्रुबाहक सवारी साधनले सर्वसाधारणलाई विभिन्न गन्तव्यमा पु¥याउने गरेको बताएका छन् । कर्णाली रिभर यातायात प्रालिका निवर्तमान अध्यक्ष धिरज शाहीले डिजेलमा भएको मुल्यवृद्धि र एकतर्फी यात्रुका कारण दसैं आएपनि व्यवसायी उत्साहित हुन् नभएको बताए ।उनले ‘दसैं तिहारमा एकतर्फी यात्रु बोक्नुपर्ने बताउँदै लागत खर्च बराबर हुने गरेको बताए। उनले डिजेलको मुल्य बढ्दा व्यवसायी मार्कामा रहेकोले कैलाली कञ्चनपुरबाट पहाडी रुटमा चल्ने गाडीले यात्रु पाए पनि पहाडबाट तराई फर्किदा भने रित्तै आउनुपर्ने बाध्यता रहेको बताए।
यस्तै खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले काठमाडौबाट कैलाली कञ्चनपुर आउने यात्रु पाउने यताबाट भने रित्तै फर्कनुपर्ने व्यवसायीको गुनासो रहेको भने। खप्तड यातायात प्रालिका अध्यक्ष जोशीले अनिवार्य दुई चालक राख्नुपर्ने नियमले थप आर्थिक भार थपेको बताए । यताबाट यात्रु नपाईदा रित्तै जानुपर्ने र झन लामो दुरीमा दुई जना चालक राख्नुपर्ने नियमले समस्यामा परेको उनको भनाई छ। यात्रुहरुको आवश्यकता अनुसार बसहरु थप हुने यातायात ब्यवसायीहरुले बताएका छन्। सुदूरपश्चिमका बस व्यवसायीलाई तिहारपछि भने पहाडी जिल्लाबाट तराई झर्ने यात्रु पाइने गरेपनि पहाड उक्लिदा रित्तै गाडी हाक्नुपर्छ। तिहारलगत्तै धनगढीबाट काठमाडौ जाने यात्रु मिले पनि फर्किदा भने यात्रु नपाउने समस्या रहेको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले यात्रुहरुको आवश्यकतालाई मध्यनजर राख्दै बसहरु थपिने बताएका छन्। साथै उनले अत्याधिक भिड हुने भएकाले यात्रु बर्गलाई अग्रीम टिकट लिन भनेका छन्। साथै सम्पुर्णमा दशैँ तिहारको हार्दिक शुभकामना ब्यक्त गरेका छन्।


