धनगढी : सशस्त्र प्हरीले कैलालीका बिभिन्न ठाउँबाट अबैध समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटरबाट खटिएको टोलीले कैलालीका बिभिन्न ईलाकाबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा १८,२२,९४० रुपयाँ बराबरको अबैध समान बरामद गरेको जनाएको छ ।
किराना समान, कम्प्युटर पाटर््स, लेडिज कपडाहरु र बोलेरो जिप सहित बेवारिसे अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी नम्बर ३४ गणले जनाएको छ । बरामद गरिएको समान आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।