कैलाली। कैलाली उधोग बाणिज्य संघले भन्सार कार्यालय कैलालीका प्रमुख राजेन्द्र हमाललाई स्वागत गरेको छ । कैलाली भन्सार कार्यालयमा हालै सरुवा भइ आएका कैलाली भन्सारका प्रमुख भन्सार अधिकृत हमाललाई उधोग बाणिज्य संघमा स्वागत गरिएको हो । कैलाली उद्योग बाणिज्य संघको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उनलाई अध्यक्ष पुस्पराज कुवंरले खादा तथा माला लगाएर स्वागत गरेका हुन्।
कार्यक्रममा कैलाली उधोग बाणिज्य संघमा आबद्ध उद्योग ब्यवसायीहरुको पनी सहभागिता रहेको थियो। ब्यवसायीहरुले पनी कैलाली भन्सार नाका भएर आउने खाद्य बस्तु लगायत ब्यबसायी सङ सम्बन्धित बिषयमा छलफल गरिएको जनाइएको छ। उद्योग ब्यबसायी र कैलाली भन्सार कार्यालय बिचको सहकार्य र समन्वयकारी भुमिका नरिन्तर रहीरहने बिश्वास लिइएको छ । साथै अध्यक्ष पुस्पराज कुवंरले भन्सार प्रमुख तथा भन्सार अधिकृत हमाललाई मायाको चिनो समेत प्रदान गरेका थिए । कैलालीमा कार्यभारको जिम्मेवारी समाल्न नयाँ आउने बिशिष्ठ अतिथीहरुलाई कैलाली उधोग बाणिज्य संघले सवागत तथा सम्मान गर्दै आएको छ।

कैलाली भन्सारका प्रमुख हमाललाई उद्योग बाणिज्य संघद्धारा स्वागत
कैलाली भन्सारका प्रमुख हमाललाई उद्योग बाणिज्य संघद्धारा स्वागत
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

