धनगढी : कैलाली वितरक संघको अध्यक्षमा सिद्धराज पनेरु चयन भएका छन् । कैलालीमा रहेका विभिन्न बस्तुहरुका अधिकृत बिक्रेताहरुको भेलाले कैलाली वितरक संघको समिति गठन गरेको छ।
समितिमा कैलालीका धनगढी, अत्तरियालगायत विभिन्न बजार क्षेत्रहरुमा विभिन्न उद्योगहरुको वितरक भई व्यवसाय गरिरहेका व्यवसायी संगठित भई कैलाली वितरक संघको समिति गठन गरिएको बताइएको छ। व्यवसायी पदमराज भट्टको अध्यक्षतामा बसेको बैठकले पनेरुको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको छ।
समितिको उपाध्यक्षमा पुस्करराज भाट र रमेशप्रसाद पन्त, महासचिवमा भरत खड्का, सचिवमा खेमकुमार चोखाल र कोषाध्यक्षमा जगदीश जोशीलाई चयन गरिएको छ। सदस्यमा कृष्णराज पन्त, राजेन्द्र विष्ट, ललनप्रसाद कानू, भानेश्वरप्रसाद भट्ट, भानसिंह साउद, खगेन्द्रबहादुर चन्द, ताराप्रसाद जोशी, सिद्धराज भट्ट र वाशुदेव चटौत चयन भएका छन्।

