कञ्चनपुर। कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ परेका छन । कञ्चनपुरको लालझाडी गाउँपालिका–२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका हुन। पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रानालाई अहिले ईलाका प्रहरी कार्यालय बेलौरीको थुनामा राखिएको प्रहरी निरीक्षक दानसिँह भण्डारीले बताए । ती बालिकाका हजुरबुवा नाता पर्ने राना त्यहाँका ‘भगत’ पनि रहेको बताईएको छ । पाहुना बनेर ९ गते बालिकाको घर गएका उनले घरमा कोही नभएका बेला करणी गरेको आरोप छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ ।


