कञ्चनपुर। कञ्चनपुरका सडकमा यात्रु तानातान गर्ने सवारी धनीलाई ट्राफिक प्रहरीले कार्वाही गर्ने भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले ट्राफिक ब्यवस्थापन कडाई गरेसँगै यात्रु तानातान गर्ने सवारी धनीलाई कार्वाही गर्ने भएको हो। कञ्चनपुरको बषपार्क तथा मुख्य सडकमै सवारी धनीले बलजवस्ती यात्रुलाई तानातान गर्ने, अनाबश्यक दुख दिने तथा दुबै यातायात ब्यवसायीले यात्रु खोसाखोस गर्ने जस्ता कार्य बढेको पाइएको छ।
जिल्ला टाफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले यात्रुलाई तानातान गर्ने कार्य नराम्रो भएको भन्दै यदि त्यस्तो गरेको भेटिएमा कार्बाही हुने बताए । सवारीसाधन क्युसिस्टममा चल्नुपर्दछ उनले भने, यदि यात्रुहरुको गुनासो आएमा यातायात ब्यवसायी माथी कार्वाही हुन्छ । यस्का साथै बसपार्क क्षेत्रमा लामो समयदेखी सवारी पार्किङ गरिएका सवारीसाधनलाई हटाइएको उनले जानकारी दिए। यातायात ब्यवसायीले जथाभावी पाकि गर्ने, सडक तथा बजार क्षेत्रमा सवारीसाधन छोड्ने कार्यलाई ब्यवस्थीत गरिएको उनले बताए । उनले भने यातायात ब्यवसायीसँग बसपार्कबाटै सवारीसाधन छोड्ने गरी सहमति गरिएको बताएका छन् । बसपार्कबाट सवारी साधन छोड्दा बजार क्षेत्रको टाफिक ब्यवस्थापन सहज हुने उनको भनाई छ । बजार क्षेत्रमा सवारी पार्किङ गरे कार्वाही गरिने समेत टाफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक उमेश चन्दले बताएका छन् ।



