कैलाली। कैलालीमा वीपी स्मृति दिवसको अवसरमा वृक्षारोपण गरि दिवस मनाइएको छ । कांग्रेसका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा कैलालीसहित देशभरी विभिन्न कार्यक्रम गरि मनाइएको हो।नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ४० औ“ स्मृति दिवसको अवसरमा कैलालीमा फलफूल वितरण, वृक्षारोपण लगायतका कार्यक्रम गरि मनाइएको छ ।
कैलालीको धनगढीमा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ५ कैलाली तथा नेविसंघ एश्वर्य बहुमुखी क्याम्पसले धनगढी वडा नम्बर ५ मा सरसफाई कार्यक्रम गरेको छ। क्याम्पसको प्राङ्गणमा रहेका फोहोरहरुको व्यवस्थापन गर्दै दिवस मनाइएको कार्यबाहक सभापति देवेन्द्र जोशीले जानकारी दिए । सरसफाई कार्यक्रममा नेविसंघमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको जनाइएको छ। यस्तै, कैलालीको गोदावरीमा दिवसको अवसरमा नेपाली का“ग्रेस क्षेत्र नम्बर ४ ले वृक्षारोपण कार्यक्रम गरेको छ । वृक्षारोपण कार्यक्रममा का“ग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती बसन्त रोकाया लगायतका अन्य नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।उता, टीकापुरमा नेपाल विद्यार्थी संघ, प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरको आयोजनामा बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।



