कैलाली। कैलालीको घोडाघोडी नगरपालिकाको टोली र प्रधानमन्त्री शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ।आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र नगरपालिकाको टोलीबीच भेटवार्ता भएको हो । भेटमा घोडाघोडीको समग्र बिकास सम्बन्धि छलफल भएको कांग्रेस कैलालीका उपसभापति बडुवालले जानकारी दिए । यस्तै कन्द्रा नदीले प्रत्येक वर्ष ठूलो क्षति पुर्याएको हुँदा त्यसको तटबन्ध, घोडाघोडीमा नगरस्तरीय रिङरोड र नगर कार्यालय बनेको क्षेत्रको भोकाधिकारको विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री देउवाले सबै विषयमा सकारात्मक रुपमा ग्रहण गरेको उनले बताए। यस्तै घोडाघोडी नगरपालीका १ का वडाध्यक्ष एवं नगर प्रवक्ता घनश्याम ओझाले भेटमा घोडाघोडी २ मा सञ्चालन हुन लागेको नगर अस्पतालमा आवश्यक उपकरण उपलब्ध गराउने विषयमा पनि छलफल भएको जानकारी दिए । प्रधानमन्त्री भेट्न मेयर खडक रावत, उपमेयर गुलिया चौधरी, प्रमुख कार्यकारी अधिकृत दीपक आचार्य, वडा नम्बर १ का अध्यक्ष ओझा, ३ का अध्यक्ष कृष्ण गौतम र कांग्रेस कैलालीका उपसभापति भीम बडुवाल बालुवाटार पुगेका थिए ।


