कैलाली। कैलालीको गोदावरी ५ मा बिद्युतको पोल ढल्दा बिद्युत अबरुद्ध भएको छ । कैलालीको गोदावरी नगरपालिका ५ मा गेटा नहर टोलमा बिद्युतको पोल र रुख ढल्दा बिद्युत अबरुद्ध भएको हो।
बिहान देखी बिद्युत अबरुद्ध हुँदा सारै समस्या भएको गोदावरी नगर पालिका वडा नम्बर ५ गेटाका हेमराज खत्रीले बताए । बिद्युत अबरुद्ध भएको बारेमा बिद्युत कार्यालयलाई जानकारी गराउँदा बेवास्ता गरेको उनले बताए । उनले भने मर्मतका लागी अहिलेसम्म सम्बन्धित निकायले ध्यानै दिएको छैन् ।
अब रात पर्न लागी सक्यो अहिलेसम्म कर्मचारीले लार्पवाही गरिरहेका छन् । कर्मचारी, हाकिमले चासो देखाएका छन् नत यश क्षेत्रका जनप्रतिनिधिले नै उनले भने । बिहान देखी सम्पर्क गर्दा फोन नै नलाग्ने गरेको छ । यदी फोन लागेमा ठेकेदार हाम्रो हातमा छैन तपाईंको समस्या समाधान हुन्न भनी राछन् खत्रीले प्रश्न गरे । समस्या समाधान गर्न छिटो पहल होस् खत्रीले बताएका छन् । 


