कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का रमेश धामीको मृत्यु भएको हो।
सोमबार साँझ ब्रह्मदेव क्षेत्रमा धामीले चलाएको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जनाएको छ।


