धनगढी। धनगढी रंगशालामा वृक्षारोपण कार्यक्रम गरिएको छ। धनगढीमा रहेको नैना देवी युवा क्लव जेम्स धनगढीको आयोजना र कैलाली जिल्ला खेलकुद बिकास समितिको समन्वयमा धनगढी रंगशालामा वृक्षारोपण गरिएको हो । ४० ओटा कल्की, ४० गुलमोहर, २० अम्बालगायतका गरी १०० भन्दा बढी बोटबिरुवा वृक्षारोपण गरिएका छन्।
पर्यावरण बचाउन वृक्षारोपण गरौँ भन्ने मूल नाराका साथ शुरूवात गरिएको वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिदै शनिबार आज कैलाली जिल्ला खेलकुद बिकास समितिको समन्वयमा धनगढी रंगशालामा वृक्षारोपण कार्यक्रम गरिएको नैना देवी क्लबका अध्यक्ष जितेन्द्र बोस बोगटीले बताए। उनले वातावरण स्वच्छ, सफा र सुन्दर बनाउन बृक्षारोपण कार्यक्रमको आयोजना गरीएको जानकारी दिए। उनले धनगढीका बिभिन्न क्षेत्रमा वृक्षारोपण गर्न उद्देश्य रहेकोले यस अभियानमा एउटा क्लबले मात्रै नभएर वडाका नागरिक तथा स्थानिय सरकारले पनि यस्ता कार्यहरू गरेको भए अझै प्रभावकारी हुने उनले बताए ।
यस्तै कैलाली जिल्ला खेलकुद बिकास समिति कार्यलय प्रमुख दिपक सिँहको सल्लाह बमोजिम रंगशालाको पुर्ब पश्चिम् र उत्तर गेटको वरिपरि र रंगशाला भित्र निर्माण कार्य नहुने खाली जमिनमा वरिपरि वृक्षारोपण गरिएको बताए। वृक्षारोपणले रंगशाला अझै सुन्दर सफा र स्वच्छ वातावरण हुने उनले बताए । रंगशालामा वृक्षारोपण गरिएकोमा क्लबलाई धन्यवाद ब्यक्त गरे । सबैले मिलेर धनगढीलाई हरियाली बनाउन तर्फ लाग्नुपर्ने उनले बताए।यस्तै कार्यक्रममा बोल्दै नैना देवी युवा क्लव जेम्स धनगढीका सचिव अमित शाहले पर्यावरण बचाउन वृक्षारोपण गर्रौ भन्ने मूल नारा का साथ शुरूवात गरिएको बताए । वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनुपर्छ,आउनु होस् हामी सबै मिलि धनगढी लाई हरियाली बनाउ, उनले भने । कार्यक्रममा नैना देवी क्लब का अध्यक्ष जितेन्द्र बोस बोगटी,सचिव अमित शाह,एपीएफ डीएसपी भीमबहादुर चन्द, सेती प्रादेशिक अस्पातालका डाक्टर मोहन नाथ, प्रदेश निर्वाचन प्रमुख प्रेमराज भट्ट र क्लबका सदस्यहरुको उपस्थीती रहेको थियो।



