कञ्चनपुर। कञ्चनपुरमा दिनदहाडै एक घरमा लुटपाट भएको छ। बुधबार दिउँसो कञ्चनपुर भीमदत्त नगरपालिका–४ गोबरियामा एक समूहले गीता चन्दको घरमा लुटपाट गरेको हो। निङ्लाशैनी मन्दिर नजिक चन्दको घरमा ४ जनाको समुहले दिउँसै लुटपाट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पीडितले १ लाखसहित सुनका गहना लुटिएको भन्दै निवेदन दिएकी छिन्। भारतीय नागरिक जस्ता देखिने ४ जनाको समूहले गीताको हातखुट्टा बाँधेर घरमा लुटपाट गरेको बताइएको छ।
उनले भने, हिजो पिडीत निवेदन दिन आएका थिए। भारतीय नागरिक जस्ता देखिने ४ जनाले हातखुट्टा बाँधेर सुनका गहनासहित नगद लगेको निवेदन दिएका छन्,बमले भने । घटनाबारे अनुसन्धान भइहेको कञ्चनपुर प्रहरीका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।


