कञ्चनपुर। कञ्चनपुरमा प्रहरी र तस्कर समूहबीच लफडा भएको छ। भारतबाट तस्कर समूहले ल्याएको मलखादसहितको सामान झोलुंगे पुल क्षेत्रमा बरामद गरेपछि लफडा मच्चिएको हो। मंगलबार साँझ झोलुंगे पुल क्षेत्रमा खटिएको प्रहरी टोलीले वीरेन्द्र सिंहलगायतका व्यवसायी (तस्कर समूह)को सामान बरामद गरेपछि प्रहरी र सो समूहबीच लफडा भएको हो ।
सामान बरामद गरेको विषयलाई लिएर उनीहरूले प्रहरीसँग भनाभन गरेका छन् ।झोलुंगे प्रहरीले अवैध सामान ओसारपसारमा नियन्त्रण गर्न थालेपछि तस्कर समूहले त्यसको प्रतिवाद गरेका छन् । तस्कर समूहले आफूहरूबाट पहिले नै झोलंगे प्रहरीले महिनावारी पाँच हजारका दरले रकम असुलेको र अहिले आएर काम गर्न नदिएको भन्दै प्रहरीसँग प्रतिवाद गरेको हो ।
प्रहरीले सामान बरामद गरेपछि तस्कर समूह र प्रहरीबीच आर्थिक लेनदेन भएको विषयमा आरोप–प्रत्यारोप भएको भिडियो पनि सार्वजनिक भएको छ । त्यस पश्चिम सीमा क्षेत्र दोधाराचाँदनीमा सशस्त्र प्रहरी बलका पाँच–पाँच बिओपी छन् । उक्त बिओपीमा समेत लाइन मिलाएर तस्करी भइरहेको स्थानीयले बताएका छन्


