कैलाली। कैलालीको मसुरियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् । जिल्लाको गौरिगंगा नगरपालिका वडा नं ९ शंकरपुर चोकमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेका दुईवटा सु.प.प्र.०१-००९ प.७८९१ नम्बरको मोटरसाइकल र से.७ प.११४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।
से.७ प.११४७ नम्बरको मोटरसाइकलका चालक राम अवतार कठरियाको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले बताएको छ ।सोहि मोटरसाइकलमा सवार कैलारी ८ का २० वर्षीय आशिष कठरियाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको र अर्का घाइते रोशन कठरियाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। दुर्घटनामा सु.प.प्र.०१-००९ प.७८९१ नम्बर मोटरसाइकल चालक गौरीगङ्गा ९ शंकरपुरका २७ वर्षीय रमेश चौधरी घाइते भएका छन् । चौधरीको कैलाली अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मसुरियाले बताएको छ।


