कैलाली। सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। अपराह्न ३ बजे बोलाइएको बैठकमा प्रतिपक्षी दलका प्रदेश सभा सदस्यहरुको उपस्थीती थिएन ।बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए। पाँचौँ पटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो ।
तर, एमाले, जसपा र राजपाले बहिस्कार गरेपछि बैठक बस्न सकेन। सत्ता पक्षमा सांसद पनि निकै न्यून उपस्थित थि । प्रतिपक्ष दलको सिट खालि भएको भन्दै सभामुख अर्जुन बहादुर थापाले भोलि ११ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन्। असार १ गते प्रदेश सरकारले ल्याएको बजेट माथि अझै सम्म छलफल सुरु हुन सकेको छैन ।
सत्ता पक्ष र विपक्षका प्रदेश सभा सदस्यहरूले बजेट परिष्कृत नहुँदा सम्म पारित गर्न नसकिने बताउँदै आएका थिए । तर, सरकारले बजेट पारित गर्न दबाब दिइरहेका छन् । साउन १ अघि नै बजेट पारित गर्नु पर्ने संवैधानिक व्यवस्था छ । तर, सुदूरपश्चिममा सत्ता पक्ष र विपक्ष दुबै आफ्नो अडानमा यथावत् छन् । अब पाँच दिन मात्र बाँकी छ । यस्तो बेला बजेट परिस्कृत गर्ने, दलको बैठक ह्वीप जारी गर्ने र संसद् स्थगित गरेर अध्यादेश ल्याउने यी विकल्प रहेका छन् ।


