धनगढी। धनगढीमा सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना( SUPER )अन्तर्गत खोज तथा उद्धारसम्बन्धि ३ दिने तालिम आज सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी र यूएनडीपीको सहकार्यमा खोज तथा उद्धार तालिम सञ्चालन गरिएको थियो । युरोपीयन युनियनको आर्थिक सहयोगमा सञ्चालित सो तालिममा उपमहानगरपालिकाको वडा नम्बर २ का सामुदायिक प्रतिकार्य समूहका ३० जनाको सहभागीता रहेको थियो ।
खोज तथा उद्धार सम्बन्धी तालिममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी निरीक्षक सहित ४ जनाको टिमले प्रशिक्षण तालिम दिएको थियो । तालिममा सहरी विपद् तथा भूकम्प, आगलागीको पुर्व तयारी र विपदपछिको उद्धार कसरी गर्ने भन्ने बारे जानकारी प्रदान गरिएको थियो। तालिममा सहभागि वडा नम्बर २ का सामुदायिक प्रतिकार्य समूहकी बिमला चन्दले तालिम निकै उपयोगी रहेको बताइन् । तालिममा बढी जसो महिलाहरुको सहभागि देखीएको बताउँदै खुसी ब्यक्त गर्दै महिलाले पनी सिप ज्ञान लिन आवश्यक रहेको बताईन् । उनले ३ दिने तालिममा विपद भनेको के हो , विपद कसरी आउँछ, विपद पुर्व तयारी र विपद पछि के कसरी उद्धार तथा सुरक्षीत रहने भन्ने बारेमा जानकारी पाइएको उनले बताइन् । यस्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक जनकराज पौडेलले विपद सम्बन्धि जानकारी तालिममा सिकाइएको बताए । सहरी विपद् तथा भूकम्प आगलागीको जोखीम, कसरी बच्ने र बचाउने सम्बन्धी प्रशिक्षण गराईएको उनले बताए ।
यस्तै सुपर परियोजनाका सुचना ब्यवस्थापन अधिकृत बिराज पोख्रलले बर्षात मौसम सुरुवात भएसँगै बिपदका घटनालाई मध्यनजर राख्दै खोज तथा उद्धार तालिमबाट बिपदका घटनाबाट जनधनको क्षती रोकथाममा टेवा पुग्ने बिश्वास लिएका छन् । यस्तै तालिमपछि सम्बोधन गर्दै धनगढी वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले तालिममा सहभागिहरुले सिकेको सिप घरपरिवार तथा समुदायमा पनि सिकाउन निर्देशन दिएका छन् । वडा नम्बर २ डुवानको समस्या वडा रहेकोले पनी बिपद ब्यवस्थापन समिती गठन गरिसकेको बताएका छन् । यस बिषयमा पनी वडा कार्यालयले साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी धनगढी उपमहानगरपालीकाका उपमेयर कन्दकला रानाले अहिले बिपद ब्यवस्थापनमा धनगढी उपमहानगरपालीका निरन्तर लागी रहेको बताइन् ।
उनले सो समस्या समाधान गर्न खोला नाला अतिक्रमण, नाला सरसफाई लगायतको कार्य भैरहेको बताइन् । उनले आफु निर्वाचित भएको एक डेढ महिना हुनै लागेको बताउँदै नगरवासीको सल्लाह सुझाब अनुसार काम गरिरहेको बताइन् । उनले डुवान कटान लगायत बिपद ब्यवस्थापनका लागी खटिरहेको बताएकी छिन् । यस्मा उपमहानगरपालीकाले गर्नुपर्ने सहयोग गर्न तयार रहेको पनी जानकारी दिइन् ।यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल रेडक्रस कैलालीका सभापती उत्तम जोशीले रेडक्रसले बिपदका घटना न्युनिकरण गर्न बिभिन्न तालिम, गोष्ठि तथा खोज तथा उद्धार सम्बन्धि प्रयोगात्मक अभ्यास निकै उपयोगी रहेको बताए । उनले बिभिन्न सहयोगी सँस्था, सशस्त्र प्रहरीबलले बिपद ब्यवस्थापनमा अहम भमिका खेलेको प्रति धन्यवाद दिए । साथै तालिममा सहभागिहरुले सिकेको सिपको भरपुर उपयोगमा ल्याउन सुझाब दिए । बिवद पुर्व र बिपदपछिको उद्धार र सहकार्यका लागी नेपाल रेडक्रस बिपद ब्यवस्थापनका अलावा रक्तसंचार क्षेत्रमा पनी काम गर्दै आइरहेको उनले बताए ।तालिममा बिभिन्न संघसँस्थाका कर्मचारीहरुको पनी सहभागिता रहेको थियो।कार्यक्रममा प्रथम र द्धितीय २ जना बिजयी भएका थिए । भने बिभिन्न सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।भिडियो रिर्पोट सहित हेर्नुहोस यहाँ तल
https://www.facebook.com/supamedia01/videos/795830798452369




